विद्युत बिक्री आम्दानी बढ्दा सानिमा माई हाइड्रोपावरको नाफा बढ्यो, इपिएस कति ?

काठमाडौं । चालु आवको पहिलो त्रैमाससम्ममा सानिमा माई हाइड्रोपावरले २४ करोड ३६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले गत आवको तुलनामा ७.६५ प्रतिशतले बढी खुद नाफा आर्जन गरको हो । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ६३ लाख २ हजार नाफा कमाएको थियो ।
त्यस्तै समिक्षा अवधिमा कम्पनीले विद्युत विक्री आम्दानीमा पनि सुधार ल्याएको छ । गत वर्ष ३४ करोड ६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेकोमा यस अवधिमा कम्पनीले ३४ करोड ३८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ ।
कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ८० करोड ८४ लाख रुपैयाँ रहेकोमा जगेडा कोष ९१ करोड ५० लाख ७६ हजार रुपैयाँ संचित रहेको छ । साथै यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।