गरिमा र सहारा विकास बैंकको आजदेखि एकिकृत कारोबार सुरु

२९ कार्तिक २०७८, सोमबार १३:३५

काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंकले आज (कात्तिक २८ गते) देखि एकिकृत रुपमा कारोबार सुरु गरेको छ ।

काठमाडौं लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेपछि गरिमा विकास बैंकको नामबाट आजदेखि एकिकृत कारोबार सुरु भएको हो ।

प्राप्तिपश्चात् गरिमा विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँ पुगेको छ । साथै बैंकको केन्द्रिय कार्यालय काठमाडौं लाजिम्पाटमा तथा एक्सटेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*