संस्थापक र आयोजना प्रभावित क्षेत्रका शेयरधनीलाई शेयर अभौतिकरण गराउन साहज उर्जाको आग्रह

२९ कार्तिक २०७८, सोमबार १७:३१

काठमाडौं । साहज उर्जा कम्पनी लिमिटेडले संस्थापक तथा तथा आयोजना प्रभावित स्थानिय बासिन्दाका शेयरधनीहरुलाई शेयर अभौतिकरण गराउन आग्रह गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको शेयर अभौतिकरण गर्न आग्रह गरेको हो । नेप्से र सिडिएस एण्ड क्लियरिङ्गमा शेयर सूचीकृत भइसकेको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दा शेयरधनी र संस्थापक शेयरधनीहरुलाई शेयर अभौतिकरण गर्न कम्पनीले अनुरोध गरेको हो ।

अहिलेसम्म शेयर अभौतिकरण नगरेका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरु पुतलीसडक, पोखरा, आदर्शनगर बीरगंज, लगनखेल, ट्राफिक चोक बुटवल, चिप्लेढुंगा पोखरा र गाछीचोक बिराटनगरमा सम्पर्क राखी आफ्नो खाता नंं. अद्यावधिक गरि अभौतिकरण गर्न सक्नेछन् । सो प्रक्रियापश्चात मात्र आफ्नो शेयर हितग्राही खातामा प्राप्त हुनेछ ।

साथै संस्थापक शेयरधनीहरुको हकमा शेयरधनीले आफ्नो सम्बन्धित निक्षेप सदस्यता सम्पकै गरी लक इन पिरियडसहितको डिआरएनमार्फत सहज तरिकाबाट अभौतिकरण गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*