नेप्सेमा लक्ष्मी र आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन

३० कार्तिक २०७८, मंगलवार १०:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोनज भएको छ । यी दुई लघुवित्तले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

लक्ष्मी लघुवित्त
लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरणका लागि कात्तिक ३० गते बुकक्लोज गरेसँगै आज कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम १९३० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १६०८ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कात्तिक २९ गतेसम्म कायम रहेका शेयरधनीहरुमा वितरण हुनेछ ।

आरएसडिसि लघुवित्त
आरएसडिसि लघुवित्तले १० प्रतिशत बोनस शेयर वितरणका लागि कात्तिक ३० गते बुकक्लोज गरेसँगै नेप्सेले आज कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ८७२ रुपैयाँका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य ७९२ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*