युनिलिभर नेपालको खुद नाफा ११० प्रतिशतले बृद्धि हुँदा इपिएस ह्वात्तै बढ्यो

३० कार्तिक २०७८, मंगलवार १३:२८

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा छलाङ मारेको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा गत आवको तुलनामा ११० प्रतिशतले बढेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ११०.३२ प्रतिशतले वृद्धि भएर पहिलो त्रैमाससम्ममा २५ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले १२ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीले उत्पादन तथा बिक्री नाफा १ अर्ब २३ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९८ करोड रुपैयाँ पुगको छ ।

असोज मसान्तसम्ममा आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २५२ रुपैयाँबाट बढेर १ हजार ७२ रुपैयाँ पुगको छ भने प्रतिशेयर नेटवर्थ पनि २ हजार २७४ रुपैयाँबाट बढेर ३ हजार १०४ रुपैयाँ पुगको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*