नेप्सेमा हरियाली छाउँदा आज क–कसले सर्वाधिक गुमाए ?

३० कार्तिक २०७८, मंगलवार १५:२१

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६९.२२ अकंले बढ्दा कारोबार ५ अर्ब ५२ करोड माथिको भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा विजय लघुवित्तको २.३७ प्रतिशत अकं, नेपाल एसबिआइ बैंक डिबेञ्चरको २.३४ प्रतिशत अकं, लक्ष्मी इक्विटी फण्डको १.७६ प्रतिशत अकं, मिथिला लघुवित्तको १ प्रतिशत अकं र एनएलजी इन्स्योरेन्सको ०.९५ प्रतिशत अकंले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*