निरन्तर घट्ने क्रममा बैंकका निक्षेप

३० कार्तिक २०७८, मंगलवार १८:००

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ दशमलव ९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७.२ प्रतिशतले बढेको छ ।

आर्थिक बर्ष २०७८ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३४ दशमलव ४ प्रतिशत र ५० दशमलव ३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९ दशमलव १ प्रतिशत, ३२ दशमलव ८ प्रतिशत र ४९ दशमलव ५ प्रतिशत रहेको थियो ।
।२०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४० दशमलव ५ प्रतिशत रहेको छ । २०७७ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*