कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

१ मंसिर २०७८, बुधबार १०:०५

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ ।

बैंकले एक सूचना जारी गर्दै २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल ८.६७ प्रतिशत लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको हो ।

कम्पनीको कात्तिक १६ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई हाल काय चुक्तापूँजीबाट सो प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले हालसम्म पनि अभौतिकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकरण गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*