१० करोड चुक्तापूँजी रहेको मानुषी लघुवित्तको खुद नाफा २४ लाख माथि

१ मंसिर २०७८, बुधबार १०:३०

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनि गरेको विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीले २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी १३ लाख ५९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

साथै यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । गत वर्ष २ करोड ७ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १६ प्रतिशतले बढाएर २ करोड ४८ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, संचालन मुनाफा पनि गत वर्ष २७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेकोमा यस वर्ष ३९ लाख ३० हजार संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार ल्याउँदा खुद नाफा बढ्न पुगेको हो ।

समिक्षा अवधिसम्म कम्पनीको हाल कायम चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेकोमा जगेडा कोषमा ४ करोड ३१ लाख ७१ हजार रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ८.८६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*