सुपर दोर्दी इन्भेष्टमेण्टको वार्षिक साधारण सभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा

१ मंसिर २०७८, बुधबार ११:३९

काठमाडौं । सुपर दोर्दी इन्भेष्टमेण्टले वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर २५ गते जिल्ला समन्वय समितिको सभाहल बेशीशहर लमजुङमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले पिपुल्स हाइड्रोपावरमा मर्जरमा जाने भएकाले सो सम्बन्धी गरेको सम्पूर्ण कार्य अनुमोदन गर्ने, मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै दिर्नेशन आएका सो कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताप अगाडि लैजाने छ ।

साथै गत आर्थिक वर्षका प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थि वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*