नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

१ मंसिर २०७८, बुधबार १३:१९

काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७।०७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ । विभागले १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

सोही अवसरमा वाणिज्य बैंकहरुमध्ये अब्बल रहेको नबिल बैंकले राज्यलाई सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा सम्मान पाएको छ ।
अर्थमन्त्री जर्नादन शर्मा र आन्तरिक राजश्व विभाका महानिर्देशक शोभाकान्त पौडेलले एक कार्यक्रमका बीच बढी कर तिर्ने संस्थामध्ये सबैभन्दा आयकर दाखिला गरेकोमा नबिल बैंकलाई सम्मान गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई गत आर्थिक वर्षमा बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानपत्र प्रदान गरेका हुन् । यसअघि पनि नबिल बैंक बैंक तथा वित्तीय संस्थाहरुमा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भएको थियो ।

साथै संस्थागततर्फ नेपाल टेलिकम र व्यक्तिगत तर्फ सिप्रदी टे«डिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*