युनाइटेड मोदी हाईड्रोपावरको अधिकांश सूचक ऋणात्मक

१ मंसिर २०७८, बुधबार १३:३०

काठमाडौं । युनाइटेड मोदी हाईड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकाशं सूचक घाटामा रहेका छन्

गत आर्थिक वर्षमा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा कम्पनी १ करोड ४० लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी र अन्य श्रोतबाट हुने आम्दानी पनि घटेको छ । गत वर्ष ८ करोड ८९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी सो अवधिमा आइपुग्दा घटेर ३ करोड ९७ लाख रुपैयाँ झरेको छ । त्यस्तै अन्य श्रोतबाट हुने आम्दानी पनि ६ लाख रुपैयाँबाट घटेर ३ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रहेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा नोक्सानमा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*