युनिलिभर नेपालले घोषणा गरेको साढे ६ सय प्रतिशत लाभांश पारित, आजैबाट खातामा आउँदै
१ मंसिर २०७८, बुधबार १६:०८

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीले प्रस्ताव गरेको प्रतिशेयर ६५० रुपैयाँ लाभांश कम्पनीको २८ औं वार्षिक साधारण सभाले पारित गरेको हो ।
कात्तिक ११ गते सम्पन्न कम्पनीको सभाले संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गरी शेयरधनीहरुको खातामा आजको मितिबाटै जम्मा गरिदिने जनाएको छ ।