१९ करोड ठगी काण्ड कुमारी बैंकका कामु सिईओ अनुजमणितर्फ सोझियो, जेल जाने निश्चत

१ मंसिर २०७८, बुधबार २१:४६

कामठाडौं । नक्कली जग्गाधनी पुर्जा राखेर १९ करोड ऋण दिने कुमारी बैंक घोटाला काण्डमा सोही बैंकका कामु सिईओ अनुजमणि तिमिल्सिना निशाना सोझिएको छ । कामु सिईओ आफैले उक्त ऋण स्वीकृृत गरेकोले उनकै सेटिङमा सो काण्ड घटाएको पाइएको छ ।

रोचक कुरा के छ भने १९ करोड रुपैयाँ कर्जा प्रवाहको लागि नक्कली जग्गाधनी पुर्जा बनाउने धन्दामा लागेका कुशन प्रधान र कामु सिईओ तिमिल्सिनाबीच पटक पटक भेटवार्ता भएको पत्ता लागेको स्रोतको दावी छ ।

स्रोतका अनुसार २० करोड रुपैयाँ भन्दा माथिको ऋणहरु सञ्चालक समिति समक्ष पेश गर्नुपर्ने भएकोले कामु सिईओले सेटिङमा आफैले स्वीकृत गर्न मिल्ने गरी १९ करोड रुपैयाँ ऋणको लागि योजना बनाएको बुझिएको छ ।

बारा विश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको १२ बिघा जमिनको नक्कली पूर्जा बनाई, कीर्ते मालपोत कार्यालयको रोक्का कागजात बनाई उक्त ऋण प्रवाह भएको थियो । बैंकले ऋणीहरुसँग ऋण नै असुल गरिसकेको दावी गर्दै आएको छ । गत साउनको अन्तिम साता सो ऋण प्रवाह भएको थियो । सो काण्ड विभिन्न च्यानलबाट गायक अमात्यको कानमा परेपछि बैंकमा आएर मुद्दा हाल्ने चेतावनी दिएपछि बैंकले भित्रभित्रै केस मिलाउने खाजेको थियो ।

सो काण्डमा यतिबेला नेपाल राष्ट्र बैंकले सुक्ष्म अनुसन्धान गरिरहेको छ । सो अनुसन्धान समेत कामु सिईओ अनुजमणितर्फ सोझिएको जनाइएको छ । स्रोतका अनुसार कुमारी बैंकको १९ करोड घोटाला काण्डमा बैंकका कामु सिईओ तिमिल्सिना जेल जाने निश्चित जस्तै भएको जनाइएको छ । यद्यपि उनी कहिले पक्राउ पर्छन भन्ने खुलिसकेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरोले सो घटनालाई बैंकिङ कसुरमा अनुसन्धान सुरु गरेपछि सो घटनामा संलग्न सबै जेल जाने निश्चितजस्तै देखिएको छ । यसअघि बैंक अफ काठमाण्डुमा भएको यस्तै घटनामा संलग्नहरु सिईओबाट रिटायर्ड भएर घरमा बसिरहेको अवस्थामा समेत पक्राउ परेका थिए । सो आधारमा समेत कामु सिईओ तिमिल्सिना जेल जाने निश्चित देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*