मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, बुकक्लोज कहिले ?

२ मंसिर २०७८, बिहीबार १०:५०

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बकक्लोज) को मिति तय गरेको छ ।

कम्पनीको ११८ औं संचालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा मंसिर २४ गते गर्ने निर्णय गरेको हो । साथै सोही साधारण सभाको प्रयोजनार्थ तथा लाभांश प्रयोजनको लागि बुकक्लोज मंसिर ९ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश मंसिर ८ गतेसम्म शेयरधनीले मात्र प्राप्त गर्नेछन् ।

सोही सभाले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश पारित गर्नेछ । सोपश्चात मात्र मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ । कम्पनीको नवौं सभा मंसिर २४ गते होटल वाटर, विदुर–४, बट्टार नुवाकोटको सभाकक्षमा विहान ११ः३० बजे हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*