नेशनल माइक्रोफाइनान्स लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

२ मंसिर २०७८, बिहीबार १०:५९

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको मंसिर १ गते बसेको संचालक समितको १२३ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजी ४१ करोड ९० लाख रुपैयाँबाट ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*