बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

२ मंसिर २०७८, बिहीबार १२:१७

काठमाडौं । महिला लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४४.२१ प्रतिशतले बढेर २ करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड ९८ लाख ८५ हजार रुपैयाँमा सिमित थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा समेत सुधार आएकोे छ । गत वर्ष ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षका सो अवधिमा उक्त ब्याज आम्दानीमा ६०.७३ प्रतिशतले बढेर ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११४ रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ ३२८ रुपैयाँ ९४ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*