राष्ट्र उत्थान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

२ मंसिर २०७८, बिहीबार १४:४८

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालभरीबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशैभरीका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले सहायक श्रेणि (तह–४) अन्तर्गतको वरिष्ठ सहायक, तह–३ अन्तर्गत सहायक र तह–२ अन्तर्गत उपसहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका १८ वर्षदेखि ३५ वर्षसम्मका नेपाली नागरिकले आवश्यक कागजात सहित १५ दिनभित्र विज्ञापन नं. उल्लेख गरी हस्तलिखित निवेदनका साथ कम्पनीको केन्द्रिय कार्यालय प्रहरी विद्यालय मार्ग, साँगा काँभ्रपलाञ्चोक अर्थात् कम्पनीको इमेल [email protected] मार्फत् अनलाईन दरखास्त समेत दिन सक्नेछन् ।

कति चाहिन्छ शैक्षिक योग्यता ?
तह–४ ः तह ४ का लागि उच्च माध्यमिक वा सो सरहको परीक्षा उत्तीर्ण गरी संगठित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानूभव भएको हुनुपर्नेपर्नेछ । लघुवित्तका शाखा प्रबन्धक भई काम गरेको, न्यूतम योग्यता भन्दा माथिल्लो योग्यता भएको, कम्प्युटर सम्बन्धी पूर्ण ज्ञान भएको र बाइक।स्कुटर लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

तह–३ ः तह ३ का लागि प्रमाणपत्र वा सो सरहको परिक्षा उत्तीर्ण गरी गरी संगठित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानूभव भएको हुनुपर्नेछ । न्यूनतम योग्यता भन्दा माथिल्लो योग्यता भएका, कम्युटर ज्ञान र बाइक।स्कुटर लाइसेन्स भएकालाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

तह–२ ः तह २ का लागि एसईई।एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी संगठित क्षेत्रमा कम्तिमा १ वर्ष कार्यानूभव भएको हुनुपर्ने र न्युनतम योग्यता भन्दा माथिल्लो योग्यता भएका र कम्प्युटर ज्ञानका साथै लाइसेन्स भएकालाई मान्यता दिइने कम्पनीले जनाएको छ ।

 

थप जानकारीको लागि ः

https://www.rulbsl.com/

 

13 thoughts on “राष्ट्र उत्थान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Jiwan kumar sardar says:

    I am intersted

  2. दाताराम भट्टराई says:

    good

  3. Jaibir Sunar says:

    I am interested

  4. Roshika says:

    I’m interested

  5. pradip kumar yadav says:

    I’m interested

  6. Rijan shrestha says:

    Sahek

  7. Keshab niraula says:

    Apply for assistant

    1. Pankaj Sutihar says:

      I am interested in micro finance,Because it provides door to door financial services to poorer people . And if this institute provides me this opportunity, I will do my best.

  8. Udit narayan majhi says:

    I am intrested

  9. Ramkishor yadav says:

    Kaha bat form varne

    1. praful kumar aryal says:

      Kaha bat form varne

  10. Prabesh Kumar Rana says:

    I’m interested

  11. Prabesh Kumar Rana says:

    How to apply

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*