आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२ मंसिर २०७८, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँको कारोबार भएको ।

यस साता लगातार हरियाली छाएको शेयर बजारमा आज नेप्से परिसूचक घट्न पुगेको छ । कारोबार ६ अर्बको हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनटिसी रहेको छ । कम्पनीको आज एकैदिन ६० करोड ४४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको ५७ करोड २८ लाख, अपर तामाकोशीको ३९ करोड ५० लाख, नेशनल हाइड्रोपावरको १९ करोड २६ लाख र छिमेक लघुवित्तको १७ करोड २९ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*