आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार सुरु

२ मंसिर २०७८, बिहीबार १८:२०

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गरेर सोही मितिबाट एकीकृत कारोबार सुरु भएको हो ।

दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले कात्तिक १ गते एकीकृत कारोबार गर्न स्वीकृती दिएको थियो । सोही अनुसार कात्तिक ३० गतेदेखि आरम्भ चौतारी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले देउराली लघुवित्तलार्ई १ः०.८४ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न आरम्भ चौतारी लघुवित्तलाई अन्तिम स्वीकृति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*