साढे १५% लाभांश पारित गर्दै नेपाल बंगलादेश बैंकको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन

३ मंसिर २०७८, शुक्रबार ११:१०

काठमाडौं । नेपाल बंगलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २ गते बैंकको रजिष्टार्ड कार्यालय, कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र ३ं.५० प्रतिशत नगन लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.५० प्रतिशत लाभांश पारित गरेको छ ।

साथै सोही सभाले नयाँ सचालक समिति समेत गठन गरेको छ । बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट ए आर एम नजमुस शकिब, एम शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएका हुन् ।

कार्यक्रमबाट बैंकको प्रबन्धपत्र बमोजिम ४ वर्ष कार्यकालका लागि ६ जनाको संचालक समिति गठन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*