लाभांश प्रस्ताव सहित बैंक अफ काठमाण्डूद्धारा साधारणसभा आहवान

३ मंसिर २०७८, शुक्रबार १२:१०

काठमाडौं । बैंक अफ काठमाण्डूले साधारणसभा आहवान गरेको छ। बैंकको मसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गन घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।

उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आव २०७८र७९ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*