नबिल बैंकले नेपाल हस्तकला महासंघको कार्यक्रममा साझेदारी गर्ने

४ मंसिर २०७८, शनिबार ०२:३८

काठमाडौं ।  नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा हुन लागेको कार्यक्रममा साझेदारी गर्ने भएको छ। बैंकलेमंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको हो ।

बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्षसमेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ। महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोण् अनुरुप यो साझेदारी गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*