ग्लोबल आइएमई लघुवित्तको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

५ मंसिर २०७८, आईतवार ११:०३

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले संचालक समितिले निर्र्णय गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने छ । साथै, कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग मर्जर तथा प्राप्ती गर्ने विषय पनि छलफल गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*