साल्ट ट्रेडिङ कर्पोरेशन ६४ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?

५ मंसिर २०७८, आईतवार ११:५४

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ६४.९४ प्रतिशतले घटेर ४८ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ ।

असोज मसान्तसम्ममा आइपुग्दा कम्पनीको बिक्री आम्दानी पनि ३०.६० प्रतिशतले घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्ष सोही अवधिमा कम्पनीको बिक्रि आम्दानी २ अर्ब ३० करोड रुपैयाँ थियो ।

समिक्षा अवधिसम्म कम्पनीको चुक्तापूँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा र प्रतिशेयर नेटवर्थ ४४९ रुपैयाँ ६६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*