मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २५ गते, साढे १८ प्रतिशत लाभांश पारित मुख्य एजेडा

५ मंसिर २०७८, आईतवार १२:०९

काठमाडौं । मुक्तिनाथ विकास बैकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गतेका दिन आह्वान गरेको छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्नेका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*