कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिधाई

५ मंसिर २०७८, आईतवार १६:३१

काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक वीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए ।,
त्यसैगरी संचालक साउदले आफनो कार्यकालमा गर्नुभएको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुयाउनु भएको सहयोगको सरहना गर्नुभयो । उहाँले संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लाने प्रतिवद्धता ब्यक्त गनुभयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*