नेप्से ७ अंकले बढ्दा कारोबार खुम्चियो, बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै

६ मंसिर २०७८, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.९० अर्थात् शुन्य दशमलव २९ प्रतिशत अथाले बृद्धि भएर २७६५.४४ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ५ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक रुपैयाँका आधारमा होटल तथा पर्यटन समूहमा बृद्धि भएको छ भने सर्वाधिक विकास बैंक समूहमा घटेको छ ।

त्यस्तै, आज ३ अर्बमामा कारोबार सिमित हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँको कारोबार भएको हो । साथै मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*