बैंकर्स संघको बैठकमा राष्ट्र बैंकको निर्देशनदेखि निक्षेप समस्यासम्म छलफल

६ मंसिर २०७८, सोमबार १८:२७

काठमाडौं । वाणिज्य बैंकका सिईओहरूले औषत ब्याजदरमा १० प्रतिशत मात्र बढाउन पाउने राष्ट्र बैंकको निर्देशन प्रति बैंकहरूका फरक–फरक धारणा देखिएका छन् । नेपाल बैंकर्स संघको आज भएको छलफल कार्यक्रममा वाणिज्य बैंकका सिईओहरूले यस्तो धारणा राखेका हुन् । खुलेर भएको छलफलमा कुनै निष्कर्ष ननिकालिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

आज भएको नेपाल बैंकर्स संघको छलफलमा सहभागी अधिकांश सिईओले वर्तमान अवस्थामा ब्याज बढाउनु उपयुक्त नभएको विचार राखेका थिए । नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय, एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने र नबिल बैंकका सीईओ अनिलकेशरी शाहले भने व्यवसाय विस्तारमा ब्याजदर बढाउन जोड दिएका थिए ।

ब्याजदर बढ्दा निक्षेप पनि नबढ्ने भएकाले यतातिर लाग्न नहुने अन्य बैंकरको भनाइ छ । छलफलमा बैंकका सिईओहरुले ब्याजदर बढाएपछि आधारदर पनि बढ्ने तर्क गरेका छन् ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत १० प्रतिशत मात्र बढाउन पाउने व्यवस्था गरेको छ । बैंकहरूले मंसिर १ गतेदेखि ब्याजदर बढाउन् तयारी गरिरहेका बेला राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।बैंकहरूले ब्याजदर बढाउन प्रतिस्पर्धा गरिरहँदा कात्तिक २ गते अघिल्लो महिना सार्वजनिक भएको ब्याजदरमा १० प्रतिशत मात्र बढाउने जारी निर्देशनलाई आइतबार थप संशोधन गर्दै औसतका आधारमा बढाउन निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*