लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्ये कामना सेवा विकास बैंक उत्कृष्ट , कसको कति ?

६ मंसिर २०७८, सोमबार १८:४६

काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको छ।

लगानीकर्ताले उक्त शेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् ।विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको धेरै लाभांश घोषणा देखिएको छ। यो बैंकले कुल १९ दशमल ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८ दशमलव ५ प्रतिशत बोनस र ० दशमलव ९७ प्रतिशत नगद लाभांश छन्।

मुक्तिनाथ विकास बैंकले कुल १८ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७ दशमलव ५७५ प्रतिशत बोनस र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश रहेका छन्।

यसैगरी लुम्बिनी विकास बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।सांग्रिलाले १० प्रतिशत बोनस र ० दशमलव ५२६३ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।शाइन रेसुंगाले १० दशमलव ९३ प्रतिशत बोनस र ० दशमलव ५७ प्रतिशत नगद गरी कुल ११।५ प्रतिशत लाभांश घोषणा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*