२२% लाभांश पारितका लागि नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोजको मिति तय

७ मंसिर २०७८, मंगलवार ११:५६

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा पुस १० गते बोलाएको छ । सभा गर्ने स्थान र समय भने उल्लेख गरेको छैन ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समते १ दशमलव १३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडि लैजाने छ ।

त्यस्तै, गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयायेजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २३ गते बिहिबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*