लघुवित्त संस्थाहरुले संगठित संस्थाका शेयरमा लगानी गर्न नपाउने, राष्ट्र बैंकद्धारा नयाँ निर्देशन जारी

७ मंसिर २०७८, मंगलवार १७:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब लघुवित्त संस्थाहरुले अब कुनै पनि संगठित संस्थाका शेयरमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

उक्त व्यवस्थाअनुसार अब लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाका शेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन् । राष्ट्र राष्ट्र बैंकको व्यवस्था अनुसार हाल कायम रहेका यस्ता लगानी २०७९ साल असार मसान्तभित्रमा विनिवेश गरिसक्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*