सिटि होटेलले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

७ मंसिर २०७८, मंगलवार १८:०७

काठमाडौं । सिटि होटेलले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीकोदश (१०) प्रतिशतका दरले प्रति शेयर अंकिम मूल्य रु.१००%— मा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकोछ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच आज मिति २०७८/०८/०७ गते धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीका कार्यकारी निर्देशक अक्षाय गोल्याणकोउपस्थितिमा सम्झौतापत्रमा कम्पनीकोतर्फबाट अध्यक्ष शक्ति कुमार गोल्याण र क्यापीटलको तर्फबाटप्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गर्नुभएकोछ । यस कम्पनीले मिति २०७८।०७।१५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ ।

उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे
होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ज्थबतत ज्यतभकि ऋयचउयचबतष्यल को चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,०००ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा विश्वस्तरीय सुविधाहरु सहित सञ्चालनमा आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*