दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार

८ मंसिर २०७८, बुधबार ००:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवा बिस्ता गरेको छ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा नयाँ शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।

उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानीय ब्यवसायी होति देवि वली लाई ब्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायतका सेवामा बैंकका ग्राहकहरुलाई सहयोग सहज र सरल हुने बिश्वास बैंकले लिएको छ ।

हाल देशभर बैंकले १७४ शाखा कार्यालय, ११३ शाखा रहित बैंकिङ इकाइ र १२३ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा पुराउदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*