निफ्रा र मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ मंसिर २०७८, बुधबार ०९:१४

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते) अन्तिम दिन रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण अर्थात् साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने भएसँगै मंसिर ८ गते यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

निफ्राले ८ प्रतिशत बोनस शेयर र शुन्य दलमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २९ गते बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेंट बत्तिसपुतली काठमाडौंमा साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १.०५२६३१६ प्रतिशत नगद लाभाश (कर प्रयोजनका लागि) गरी कुल २१ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २४ गते होटल टावर, विदुर–४, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*