नेपाल एसबिआई बैंकको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

८ मंसिर २०७८, बुधबार १०:३५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको ४७७ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँबाट ३.५० प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

One thought on “नेपाल एसबिआई बैंकको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

  1. subash says:

    Reserve bata diyeko bhye, goodwill maintain hune ni, katar kam

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*