३२ प्रतिशत लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो सभा, बुकक्लोज कहिले ?

८ मंसिर २०७८, बुधबार १३:०१

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको ९७ औं बैकठले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट ३१.०५ प्रतिशत बोनस शेयर र १.६३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) गरी कुल ३२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा।नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

साथै उक्त सभाले २०७८।०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गतेदेखि पुष २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*