४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनी
८ मंसिर २०७८, बुधबार १५:१९

काठमाडौं । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.८२ अकंले बढ्दा ४ अर्ब २१ करोड ७४ लाख माथिको कारोबार भएको छ ।
आज सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्खास फाइनान्सको २.५५ प्रतिशत अकं, उन्नति सहकार्य लघुवित्तको २.२३ प्रतिशत अकं, तेह्रथुम पावरको २.२१ प्रतिशत अकं, एनआईसी एशिया लघुवित्तको २.१३ प्रतिशत अकं, केबिएल डिबेञ्चरको १.९९ प्रतिशत अकं र समिट लघुवित्तको १.९६ प्र्रतिशत अकंले घटेको हो ।