सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत, कसको कति ?

८ मंसिर २०७८, बुधबार १६:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको शेयर सूचिकृत भएको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

सामलिङ पावर कम्पनीको १०० रुपैयाँ अंकित मूल्यका दरको ५० लाख कित्ता शेयर आज एसपीसि सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीले बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडमार्फत् सर्वसाधारणहरुमा ७ लाख ३० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको सामूहिक लगानी कोषका लागि ३७ लाख ७० हजार कित्ता गरी कुल ५० लाख कित्ता शेयर बिक्री गरेको थियो ।

त्यस्तै, न्यादी हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरको १ करोड ५० लाख कित्ता शेयर एनवाईएडिआई सिम्बोलबाट आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटलमार्फत २५ लाख ५० हजार कित्ता सर्वसाधारणमा, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता र सामुहिक लगानी कोषका लागि १ करोड ९ लाख ५० हजार गरी कुल १ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*