त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई विनाधितो १५ लाख ऋण

९ मंसिर २०७८, बिहीबार ०७:२४

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो त्रिभुवन विश्व विद्यालयका शिक्षक तथा कर्मचारीहरुले अब बिनाधितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । नेपाल बैंकसँगको सहकार्यमा विश्व विद्यालयले यस्तो व्यवस्था गरेको हो ।

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वबिद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । अब सो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।

बुधबार त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ । अधिकतम् १५ लाख रुपैयाँ ऋणको सीमा तोकिए पनि त्यसको लागि आयशक्तिको अध्ययन हुने बैंकले जनाएको छ ।

त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वबिद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*