बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ मंसिर २०७८, बिहीबार १०:५५

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश सुरक्षित गर्न आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभाश र साधारण सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्न भएसँगै ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप गरेको छ । सभा मंसिर २९ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*