नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

९ मंसिर २०७८, बिहीबार १०:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*