१० प्रतिशत पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

९ मंसिर २०७८, बिहीबार ११:४०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको ३३५ औं बैठकले सभा पुष १ गते बिहिबार एभरेष्ट बैंक केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) गरी कुल १०.३२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिँक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, बोनस शेयर वितरण पश्चात हालको जारी चुक्तापूँजी ८ अर्ब ८९ करोड ३७ लाख बृद्धि गरी ९ अर्ब ४२ लाख ७३ हजार पुर्याउने र आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा उपस्थित हुन मंसिर १६ गते नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*