ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच निःशुल्क मोबाइल डाटा सम्बन्धी सम्झौता

९ मंसिर २०७८, बिहीबार ११:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच मोबाइल बैकिङ एप्लिकेशन ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस चलाउन निःशुल्क मोबाइल डाटा सम्बन्धी सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको बजार तथा ब्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र टेलिकमका प्रमुख ब्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका हुन ।

सभ्झौतापश्चात अब नेपाल टेलिकमको सिम भएका बैंकका ग्राहकहरुले उक्त एप्लिकेसन चलाउन निःशुल्क मोबाइल डाटा प्राप्त गर्नेछन् । बैंकले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुराउने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*