लक्ष्मी लघुवित्तको १० औं साधारण सभा भोलि, २७ प्रतिशत लाभाश पारित मुख्य एजेण्डा

९ मंसिर २०७८, बिहीबार १२:३८

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण मंसिर १० गते (भोलि) काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट हुने भएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र यस कम्पनीले अन्य इजाजतपत्र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट २७ दशमलव ३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अगाडि लैजाने भएको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूजी ३२ करोड ४५ हजारको आधारणमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्राप्तका लागि कात्तिक ३० गतेनै एक दिनका लागि बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*