आइसिएफसि फाइनान्सको १८औं साधारण सभा पुष ५ गते, के–के छन् एजेण्डा ?

९ मंसिर २०७८, बिहीबार १४:२६

काठमाडौं । आइसिएफसि फाइनान्सले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको २८८ औं बैठकले सभा पुष ५ गते सोमबार आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, सोही आवको नाफा।नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । त्यस्तै, आव २०७८।०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोनजका लागि मंसिर २३ गतेदेखि पौष ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*