नेप्से झिनो अंकले घट्दा १० उपसूचक राताम्य, ३ अर्बमा खुम्चियो कारोबार

९ मंसिर २०७८, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.२२ अंक अर्थात् शुन्य दशमलव १२ प्रतिशतले घटेर २७३१.७८ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ उपसूचक बाहेकका सबै उपसूचक आज राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहमा सर्वाधिक अंकले बृद्धि भएको छ भने सर्वाधिक घट्नेमा निर्जीबन बीमा समूह रहेको छ ।

साथै आज समृद्धि फाइनान्सको सर्वाधिक ९.२७ प्रतिशत अंकले बृद्धि भएको छ भने एनटिसीको सर्वाधिक २६ करोड ५७ लाख भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*