एनटिसीमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

९ मंसिर २०७८, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दुरसंचार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन २६ करोड ५७ लाख १३ हजार ७३६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख, सिभिल बैंकको १४ करोड ७९ लाख, साना किसान विकास बैंकको १० करोड ४ लाख र नबिल बैंकको १० करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*