थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

९ मंसिर २०७८, बिहीबार १७:३३

काठमाडौं । आज थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी कुल ३०८ जनामा भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*