निर्धन उत्थान लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

१० मंसिर २०७८, शुक्रबार ११:३०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

कम्पनीको संचालक समितिको मंसिर ९ गते बसेको २८१ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी १ अर्ब ६९ करोड ५० लाखबाट २९.५ प्रतिशत बोनस शेयर र १.५५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) समेत गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*